पेट्रोलियम पदार्थको भाउ घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पद्धार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दै गएकाले नेपालमा पनि सोही अनुसार मूल्य समायोजन गर्न वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएका हुन् । अहिले उक्त मन्त्रालय प्रधानमन्त्री दाहाल आफैँले सम्हालिरहेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा लगातार तेलको भाउ घट्दा पनि नेपालमा नघटेको भन्दै जनगुनासो बढ्न थालेको भन्दै प्रधानमन्त्री दाहालले जनताले अनुभूत गर्ने गरी भाउ समायोजन गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिवलाई निर्देशन दिएका हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण त्यस बमोजिम नै मूल्य समायोजना गर्न भनिएको प्राधनमन्त्री कार्यालय स्रोतले बतायो ।

खुम्चिँदै बैंकको व्यवसाय, ६ महिनामा लक्ष्यको १०% पनि गरेनन् कर्जा लगानी Read Previous

खुम्चिँदै बैंकको व्यवसाय, ६ महिनामा लक्ष्यको १०% पनि गरेनन् कर्जा लगानी

फागुन २ गतेदेखि भृकुटीमण्डपमा औद्योगिक प्रदर्शनी हुने Read Next

फागुन २ गतेदेखि भृकुटीमण्डपमा औद्योगिक प्रदर्शनी हुने