काठमाडौं । सुनको मूल्य १० महिना यताकै उच्च भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ ।
बुधबार प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६०० । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार ४०० थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको भाउ बढेसँगै नेपालमा पनि दिनदिनै आकाशिन थालेको हो । नेपाली बजारमा सुनको मूल्य सर्वाधिक प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको रेकर्ड छ । २०७८ फागुन २५ गते नेपाली बजारमा सुनको मूल्य १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै इतिहासकै सर्वाधिक महँगोको रेकर्ड राखेको थियो ।