लाइसेन्स, ब्लूबुक हराए अब अनलाइनबाटै प्रतिलिपी पाइने, यसरी दिनुहोस् आवेदन

काठमाडौं । अब सवारीसाधन सम्बन्धी कागजपत्र हराएमा अनलाइनबाटै प्रतिलिपी सिफारिस पाइने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सेवाग्राहीको सुविधाको लागि यस्तो व्यवस्था गरेको हो ।

हाल सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब (ब्लूबुक) र सवारी इजाजत पत्र हराएमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा निवेदन दिइ प्रतिलिपी सिफारिस लिनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाको अन्त्य गर्दै ट्राफिक प्रहरीले अब अनलाइनबाटै सवारी साधनको कागजपत्रको प्रतिलिपी सिफारिस दिने व्यवस्था गरेको हो ।

अब लाइसेन्स, ब्लूबुक, सवारी इजाजत पत्र हराएमा कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । प्रविधिको उच्चतम प्रयोग गरी सेवाग्राहीलाई सहज सेवा, समयको बचत र स्मार्ट ट्राफिक सेवा प्रदान गर्ने उद्देश्यले यो सुविधा लागू गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कसरी दिने आवेदन ?

अब लाइसेन्स, ब्लूबुक, सवारी इजाजत पत्र हराएका सेवाग्राहीले ट्राफिक प्रहरीको आधिकारीक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

सर्वप्रथम सेवाग्राहीले ट्राफिक प्रहरीको https://ldims.nepalpolice.gov.np वेबसाइट खोल्नुपर्ने छ । त्यपछि त्यहाँ एउटा फर्म देखा पर्छ । आफ्नो कुन डकुमेन्ट हराएके हो त्यसका क्लिक गरी फर्ममा माग भए बमोजिम नाम, फोन नम्बर, ठेगाना, सम्बन्धित व्यक्तिको परिचयपत्रको प्रतिलिपी सहित अनलाइन फर्म भर्नु पर्नेछ ।

यसरी अनलाइन फर्म भरेको ७२ घण्टापछि अनलाइन मार्फत नै कार्यालयले हराएको कागजपत्रको सिफारीस उपलब्ध गराउने छ ।

सुनको मूल्य १० महिना यताकै उच्च, प्रतितोला कति पुग्यो ? Read Previous

सुनको मूल्य १० महिना यताकै उच्च, प्रतितोला कति पुग्यो ?

फेरिए राजस्व र अर्थसचिव, तोयम राय अर्थमा, रामप्रसाद घिमिरे राजस्व Read Next

फेरिए राजस्व र अर्थसचिव, तोयम राय अर्थमा, रामप्रसाद घिमिरे राजस्व