काठमाडौं। सरकार परिवर्तनसँगै अर्थमन्त्रालय र राजस्व सचिव पनि फेरिएका छन् । बिहीबार मन्त्रीपरिषदको बैंठकले अर्थ सचिवमा तोयम राय र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याएको हो ।
रायलाई वाणिज्य मन्त्रालयबाट सरुवा गरेको हो भने रामप्रशाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । हाल अर्थ सचिव कृष्णहरि पुष्कर र राजस्व सचिवको रुपमा रामेश्वर दंगाल कार्यरत छन्।