काठमाडौं महानगरको राजश्व संकलन १८ प्रतिशतले बढ्यो

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु ४ अर्ब ३४ करोड राजस्व असुल गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.६१ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा रु ३ अर्ब ६९ करोड जम्मा गरेको थियो । बुधबार कामपामा भएको राजस्व परामर्श समितिको बैठकमा विभाग प्रमुख डा शिवराज अधिकारीले कोरोना महामारीको त्रास कम भएसँगै राजश्व सङ्कलन जानकारी दिए ।

बैठकले कामपाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श समितिले नगरसभामा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ ।

व्यवसायीले स्वीकृति नलिई वा मापदण्डविपरीत राखेका परिचय पाटी कामपाको टोलीले हटाउँदा लाग्ने जरिवाना रकम कम्तीमा रु ५०० र अधिकतम रु ३ हजार हुने निर्णय गरेको छ । जरिवाना तोक्दा स्थान र सामान तथा उपकरणको प्रयोगलाई आधार बनाइएको छ ।

भुइँ तला र पहिलो तलामा राखिएका साधारण प्रकृतिका परिचय पाटीलाई एउटा शुल्क तोकिएको छ । सोही ठाउँमा बेल्डिङ् मेसिन तथा अन्य विद्युतीय उपकरण प्रयोग गरेर पाटी हटाउनुपरेमा अर्को प्रकारको शुल्क लाग्नेछ ।

दोस्रो तलाभन्दा माथि राखिएका सामान्य परिचय पाटी र त्यही ठाउँमा बेल्डिङ् मेसिन वा अन्य विद्युतीय साधनको उपयोग गर्नुपर्ने भएमा छुट्टाछुट्टै जरिवाना सिफारिस हुने निर्णय भएको छ ।

रिलायन्स लाइफका सेयरधनीको हात रित्तै, लाभांश नदिने Read Previous

रिलायन्स लाइफका सेयरधनीको हात रित्तै, लाभांश नदिने

धमाधम सेयर किन्दै लगानीकर्ता, १५ मिनेटमै आधा अर्बको कारोबार Read Next

धमाधम सेयर किन्दै लगानीकर्ता, १५ मिनेटमै आधा अर्बको कारोबार