धमाधम सेयर किन्दै लगानीकर्ता, १५ मिनेटमै आधा अर्बको कारोबार

काठमाडौं । सेयर खरिदविक्री ह्वात्तै बढेको छ । दुई साता यता नेप्से लगातार बढ्न थालेसँगै लगानीकर्ताले धमाधम सेयर खरिद गर्न थालेका हुन् ।

पुस १० गते यता मात्रै नेप्से परिसूचक २०० बढी अंकले बढिसकेको छ । सूचकमा लगातार वृद्धि भएसँगै लगानीकर्ता आशावादी हुँदा खरिद बढाएका हुन् । आज बजारे खुलेको १५ मिनेटमै ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

नयाँ अर्थमन्त्रीका रुपमा विष्णु पौडेल आएसँगै लगानीकर्ता आशावादी हुँदा कारोबार क्रमशः बढ्न थालेको हो । पुस १० अघि दैनिक १ अर्ब भन्दा कम कारोबार हुँदै आएकोमा त्यसयता दैनिक ३ अर्ब हाराहरीमा कारोबार हुन थालेको छ ।

प्रधानमन्त्री र अर्थमन्त्री दुवैले अर्थतन्त्रका समस्या समाधान गर्न पहल गर्ने बताएपछि लगानीकर्ताको मनोबल उच्च हुँदै गएको छ । सरकारको पहलले अर्थतन्त्रमा रहेका समस्या समाधान हुँदै जाने र त्यसले सेयर बजारमा सकारात्मक पार्ने लगानीकर्ताको विश्वास छ ।

पुसपछि बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाने बैंकरहरु बताउँछन् । जसकारण बैंकको ब्याजसमेत क्रमशः घट्दै जाने आकलन छ । सेयर बजारमैत्री वातावरण बन्दै जाने आशाले लगानीकर्ताले सेयर किन्न थालेको अनुमान गरिएको छ ।

काठमाडौं महानगरको राजश्व संकलन १८ प्रतिशतले बढ्यो Read Previous

काठमाडौं महानगरको राजश्व संकलन १८ प्रतिशतले बढ्यो

प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच सम्झौता Read Next

प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच सम्झौता