निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको पुस १९ गते बसेको बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

लघुवित्तले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा १०.५ प्रतिशत कम हो । लघुवित्तले सो आवमा ३१.०१ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

 

मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

पर्यटक आकर्षित गर्न कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन, शुल्क कति ? Read Next

पर्यटक आकर्षित गर्न कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन, शुल्क कति ?