मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

बैंकले आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १३.५० प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि बैंकको नयाँ सेयरमूल्य ४१९.३८ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यका आधारमा अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

बैंकले गत वर्षको मुनाफाबाट १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद गरी कुल १४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

९ वर्षदेखि अलपत्र टेकु बायोग्यास प्लान्ट मर्मत, फोहोरबाट ग्यास र बिजुली निकालिने Read Previous

९ वर्षदेखि अलपत्र टेकु बायोग्यास प्लान्ट मर्मत, फोहोरबाट ग्यास र बिजुली निकालिने

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो Read Next

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो