शुभम पावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । शुभम पावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि विक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ५८ लाख ५ हजार ८०० रुपैयाँ बराबरको ५८ हजार ५८ कित्ता आइपीओ निष्काशन गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी९आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका(९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’बाट २०६८ साउन १ देखि ९९० किलोवाट क्षमतामा व्यापारिक उत्पादन गरिरहेको छ ।

राहदानी विभागको सिस्टममा खराबी, पासपोर्ट वितरण अबरुद्ध Read Previous

राहदानी विभागको सिस्टममा खराबी, पासपोर्ट वितरण अबरुद्ध

मन्दाकिनी हाइड्रोपावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

मन्दाकिनी हाइड्रोपावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन