राहदानी विभागको सिस्टममा खराबी, पासपोर्ट वितरण अबरुद्ध

काठमाडौं । राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अबरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ ।

यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा नियमित हुन केही समय लाग्ने विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिए । अर्को सूचना जारी नहुँदासम्म आजदेखि राहदानी लिन नआउन विभागले आग्रह गरेको छ ।

राहदानी सेवा अवरुद्ध भएपछि विभागले सेवाग्राहीसँग क्षमा मागेको छ । नियमित रुपमा रहदानी आवेदनका लागि ‘एपोइन्टमेन्ट’ मिति बुक गरेका सेवाग्राहीले तोकिएको मितिमा विभागमा उपस्थित हुन आग्रह गरेको छ ।

सामसङ वासिङ मेसिनको मोटर्स र फ्रिजकाे कम्प्रेसरमा २० वर्षको वारेन्टी Read Previous

सामसङ वासिङ मेसिनको मोटर्स र फ्रिजकाे कम्प्रेसरमा २० वर्षको वारेन्टी

शुभम पावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

शुभम पावरको आइपीओ भर्ने आज अन्तिम दिन