मन्दाकिनी हाइड्रोपावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि पुस २१ गते बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको लाभांश पाउने छन् ।

कम्पनीले आर्थिक वर्ष गत २०७८/७९ को मुनाफाबाट कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

सो लाभांश पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ। सो सभा अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेट, बत्तीसपुतलीमा बिहान ११ बजे सुरु हुने छ ।

साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

शुभम पावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

शुभम पावरको आइपीओ भर्ने आज अन्तिम दिन

यातायात कार्यालयको सेवामा बिचौलियाको बिगबिगी, स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् Read Next

यातायात कार्यालयको सेवामा बिचौलियाको बिगबिगी, स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन्