मार्सी धान भित्र्याउन किसानलाई भ्याइनभ्याई, किन्नलाई घरघरमा पुगे व्यापारी

जुम्ला।जुम्लाका किसानलाई यतिबेला कालीमार्सी धान भित्र्याउन भ्याइनभ्याई भएको छ। यहाँका किसान दशैँ सकिएलगत्तै धमाधम धान काट्न थालेका छन्।

 

मार्सी धान पाकेर दाना झर्ने अवस्था भइसकेर किसानलाई धान काट्न चटारो भएको चन्दननाथ–३ का किसान अम्मर नेपालीले बताए। “अहिले जुम्ली मार्सी चामलको माग बढ्दै गएको छ, मार्सी चामलको बजारभाउ प्रतिकिलो १२० रुपैयाँ छ, व्यापारी घरघरमा पुगिसकेका छन्”, उनले भने, “मार्सी चामलको जति चर्चा छ उत्पादनमा त्यतिनै मेहेनत खर्चनुपर्छ।”

 

यहाँका किसान चैतमा मार्सीको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र असोज अन्तिममा भित्र्याउने गर्छन्। वर्षेनी मार्सी धान उत्पादन हुने जग्गामा बस्ती विस्तार हुँदै जाँदा खेत मासिने, कुलानाला बन्द हुने, फोहरमैलाले धानबाली नष्ट हुने हुँदा उत्पादन घटिरहेको चन्दननाथ–६ का किसन जयराज भारतीले बताए। कृषि विकास कार्यालयका अनुसार जुम्लामा कूल दुई हजार ८०० हेक्टरमा धान खेती हुने गरेको छ।रासस

एनआईसी एशिया बैंक र सस्तो टिकेट्सबीच सम्झौता Read Previous

एनआईसी एशिया बैंक र सस्तो टिकेट्सबीच सम्झौता

बैंक तथा वित्तीय संस्थाको शाखा ९ हजार पुग्यो, प्रदेश ३ मा मात्रै २५% शाखा, कुन जिल्लामा कति (सूचीसहित) Read Next

बैंक तथा वित्तीय संस्थाको शाखा ९ हजार पुग्यो, प्रदेश ३ मा मात्रै २५% शाखा, कुन जिल्लामा कति (सूचीसहित)