एनआईसी एशिया बैंक र सस्तो टिकेट्सबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र सस्तो टिकेट्स प्रालिबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत सस्तो टिकेट्सका ग्राहकले हवाई टिकट तथा होटल बुक गरी भुक्तानी गर्नसक्ने सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

 

सम्झौताअनुसार बैंकका ग्राहकले एनआईसी एशियाको मोबाइल बैकिङलगायत एनसीएचएल कनेक्ट आईपीएस र अन्य कुनै पनि बैंकको फोन पे एप प्रयोग गरी हवाई टिकट तथा होटलको बुकिङ अनलाईनमार्फत् भुक्तानी गर्नसक्ने छन्।

 

सो सम्झौतापत्रमा बैंककोतर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सस्तो टिकेटस प्रालीकोतर्फबाट अध्यक्ष सम्राट दाहालले हस्ताक्षर गरेका हुन्।

 

बैंकले देशभरका ३१० शाखा कार्यालय, ३८० एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

जुम्लामा १२ हजार मेट्रिक टन स्याउ उत्पादन, अहिलेसम्मकै सबैभन्दा धेरै निर्यात Read Previous

जुम्लामा १२ हजार मेट्रिक टन स्याउ उत्पादन, अहिलेसम्मकै सबैभन्दा धेरै निर्यात

मार्सी धान भित्र्याउन किसानलाई भ्याइनभ्याई, किन्नलाई घरघरमा  पुगे  व्यापारी Read Next

मार्सी धान भित्र्याउन किसानलाई भ्याइनभ्याई, किन्नलाई घरघरमा पुगे व्यापारी