काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । सोमबार दुवै लघुवित्तले मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
हाल स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ५ करोड ३६ लाख रुपैयाँ रहोके छ भने समताको चुक्ता पूँजी ३४ करोड २७ लाख रुपैयाँ छ ।
मर्जर सम्झौतापछि दुवै कम्पनीले आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का राख्न नेप्सेलाई आग्रह गरेका छन्।साधरण सेयर भने नियमित कारोबार भइरहने छ ।