काठमाडौं । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिले बैंक अफ काठमाण्डू (बीओके)को साढे ९ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ। भाटभटेनीले आफ्नो स्वामित्वमा रहेको बीओकेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बेच्ने भएको हो ।
उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । इच्छुक खरिदकर्ताले ३५ दिन भित्र आवेदन दिइसक्नुपर्ने छ । सो अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नपरे दोस्रो चरणमा सर्वसाधरणका लागि खुला गरिने छ ।
लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनुपर्नेछ । आवेदन दिँदा सेयरको भाउ न्यूनतम २०० रुपैयाँभन्दा घटाउन पाइने छैन।