चार वाणिज्य बैंकलाई मर्ज हुन राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर प्रक्रियामा रहेका ४ वाणिज्यलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ ।

राष्ट्र बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू तथा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो ।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुवै बैंकले एकीकृत कारोबार गर्नेछ ।

मर्जर प्रक्रियामा रहेका चार वटै बैंकले साधरण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । राष्ट्र बैंकले दिएको छुट सुविधा पाउन यी बैंक्ले पुसभित्रै एकीकृत काराबार गर्ने तयारी समेत गरेका छन् ।

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकीकृत कारोबार गर्ने घोषणा गरिसकेका छन् भने मेगा र इन्भेष्टमेन्टले मिति घोषणा गरेका छैनन् ।

 

कनेक्टिभिटीका लागि निजगढ विमानस्थल आवश्यक छ, छिट्टै निर्माण सुरु गर्छौं : प्रधानमन्त्री दाहाल Read Previous

कनेक्टिभिटीका लागि निजगढ विमानस्थल आवश्यक छ, छिट्टै निर्माण सुरु गर्छौं : प्रधानमन्त्री दाहाल

पुस २१ गतेदेखि अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने Read Next

पुस २१ गतेदेखि अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने