नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । गतसाता १६१ अंकले बढेको नेप्सेले यस साता पनि आफ्नो उकालो यात्रा जारी राखेको हो ।

सूचकसँगै आज कारोबार रकममा उच्च वृद्धि आएको छ । गत साता औसतमा अढाई अर्ब कारोबार हुँदै आएकोमा आज ४ अर्ब नाघेको छ ।

आइतबार नेप्से १७.२४ अंकले बढेर २०४६.२६ विन्दुमा पुगेको छ । यसदिन २६१ कम्पनीको ४ अर्ब ४ करोड रुपैयाँ बढीको १ करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये फाइनान्स र विकास बैंक बाहेक अरु सबै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा उपसमूह सबैभन्दा धेरै २.९९ प्रतिशतले बढेको छ ।

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे २२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम झन्डै २० करोड र हिमालयन डिस्ट्रीलरी १८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । श्रृजनशील लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने खप्तड लघुवित्त, धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्स र प्रभु लाइफका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

फूड रियालिटी शो ‘सेफ नेपाल’को छायांकन सेट सार्वजनिक Read Previous

फूड रियालिटी शो ‘सेफ नेपाल’को छायांकन सेट सार्वजनिक

अर्थमन्त्री पौडेलको 'आश्वासन'ले उत्साही निजी क्षेत्र Read Next

अर्थमन्त्री पौडेलको 'आश्वासन'ले उत्साही निजी क्षेत्र