एनसीसीलाई गाभेर कुमारी बैंकले थाल्यो एकीकृत कारोबार

काठमाडौं । कुमारी बैंक र एनसीसीबैंकको एकीकृत कारोबार सुरु भएको छ । कुमारीले एनसीसीलाई गाभेर आजदेखि एकीकृत कारोबार सुरु गरेको हो ।

दुई बैंक बीच मर्जर सम्पन्न भई कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल बनेका छन् । उनी यसअघि एनसीसी बैंकका प्रमुख कार्यकारी थिए।

नयाँ बैंकको चुक्ता पूँजी २६ अर्ब २३ करोड पुगेको छ । जगेडा कोषसहित बैंकको पूँजीकोष ३७ अर्ब ६५ करोड पुगेको छ । बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड पुगेको छ ।

लघुवित्तहरूको लाभांश घोषणामा ढिलाइ, ४ दर्जन कम्पनीले जरिवाना तिर्नुपर्ने Read Previous

लघुवित्तहरूको लाभांश घोषणामा ढिलाइ, ४ दर्जन कम्पनीले जरिवाना तिर्नुपर्ने

बजारमा नेपाली कागजको माग उच्च, उत्पादन कम Read Next

बजारमा नेपाली कागजको माग उच्च, उत्पादन कम