काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट सेयरधनीलाई २२.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको कार्तिक ४ गते सम्पन्न ३८७ औं बैठकले सेयरधनीलाई २२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १७.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। अघिल्लो आवको तुलनाामा बैंकको लाभांश ५ प्रतिशतले बढी हो।
बैंकले हाल कायम रहेको चुक्ता पूँजी ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँको २२.५० प्रतिशत बराबर हुन आउने १ अर्ब ८० करोड २५ लाख ७२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र सेयरधनीले पाउनेछन्।
