काठमाडौं । नेपाल प्रहरीले आज काठमाडौंको ढुङ्गेअड्डास्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी सो पासलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ ।
रौनियारले लामो समयदेखि भारतबाट अवैध रुपमा नक्कली पार्टस्हरू झिकाई विक्री वितरण गर्दै आइरहेको जनगुनासो आएपछि प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको क्रममा रौनियारले टाटाका नक्कली पार्टस् विक्री वितरण गरेको पाइएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमती पत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ ।
रौनियार मात्र नभएर देशै भरी अन्य व्यक्तिहरू पनि यस्ता खालका कारोबारमा संलग्न भएको उनले बताएका छन् । प्रहरीले अन्य संकास्पद स्थानहरूमा पनि खोजी तथा अनुसन्धान गरी आगामी दिनहरूमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ ।