काठमाडौं । प्रभु बैंकको २१ औं वार्षिक साधारण सभा सम्पनन भएको छ । बिहीबार बैंकको प्रधान कार्यालय बबरमहमा बैंकको सभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाका अध्यक्षतमा सम्पन्न सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आव २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।
त्यसैगरी, बैंकको सहायक कम्पनी प्रभु क्यापिटको गत आव २०७८/७९ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । त्यस्तै, सभाले बैंकले गत आव २०७८/७९ को मुनाफाबाट घोषणा गरेको ६.५० प्रतिशत बोनश सेयर र कर प्रयोजनसहित १.५० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने निर्णय पारित गरेको छ ।
वार्षिक साधारण सभाले सेञ्चुरी कमर्सियल बैंकको १०० कित्ता शेयर बराबर प्रभु बैंकको १०० कित्ता सेयर प्रदान गर्नेगरी सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती (एक्विजिशन) गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई सर्वसम्मतीबाट पारित गरेको छ ।
सभाले बैंकको अधिकृत पूँजी वृद्धि गरी २४ अर्र्ब रुपैयाँ कायम गर्ने, बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने क्रममा सम्बन्धित नियमनकारी निकायहरुबाट कुनै निर्देशन, सुझाव प्राप्त भएमा सो को आधारमा आवश्यक परिमार्जन गर्न तथा सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा अन्य आवश्यक सबै कार्य गर्न बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरेको छ ।