सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त

काठमाडौं। सिटिजन्स बैंकले कम्पनी सचिवमा राजेन्द्र लाल श्रेष्ठलाई नियुक्त गरेको छ। बिहीबार बसेको संचालक समिति बैठकले श्रेष्ठलाई नियुक्त गरेको हो।

 

बैंकिङ क्षेत्रमा २० वर्षेदेखि काम गर्दै आएका श्रेष्ठ सिटिजन्स स्थापना कालदेखि नै आवद्ध छन्। पछिल्लो नियम अनुसार प्रमुख कार्यकारी अधिकृत कम्पनी सचिवको रुपमा रहन नपाउने व्यवस्था सँगै कम्पनीहरुले सहायक प्रमुख कार्यकारी अधिकृतलाई सचिवको रुपमा नियुक्त गर्दै आएका छन्।

 

बैंक हाल ८४ वटा शाखा, ७९ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

 

बैंकले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ।

नेपाल चेम्बर र भारतको टीपीसीआइबीच छलफल, व्यापार वृद्धिमा जोड दिन पहल Read Previous

नेपाल चेम्बर र भारतको टीपीसीआइबीच छलफल, व्यापार वृद्धिमा जोड दिन पहल

तरकारीमा आत्मनिर्भर बन्ने प्रयासः ‘एक परिवार एक करेसाबारी’ अभियान शुरु Read Next

तरकारीमा आत्मनिर्भर बन्ने प्रयासः ‘एक परिवार एक करेसाबारी’ अभियान शुरु