नेपाल चेम्बर र भारतको टीपीसीआइबीच छलफल, व्यापार वृद्धिमा जोड दिन पहल

काठमाडौं । नेपाल–भारतको सम्बन्ध केवल वस्तु तथा सामाग्रीको आयातमा मात्रै केन्द्रीत नभएर नविनतम प्रविधि तथा मेशिनरी आयातमा जोड दिनुपर्नेमा नेपाल चेम्बर अफ कमर्शले पहल गरेको छ ।

 

भारत भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले भारतको ट्रेड प्रमोशन काउन्सिल अफ इण्डिया (टीपीसीआइ)का पदाधिकारीहरुसँगको भेटमा द्धिपक्षीय व्यापारीक सम्बन्ध अभिवृद्धिका लागि थप पहल गरेको हुन् ।

 

नेपाल चेम्बर र टीपीसीआइबीच सन् २०१८ मा समझदारीमा हस्ताक्षर भएको थियो । उक्त समझदारी पश्चात दुई देशबीच व्यापारका वृद्धिका लागि थप प्रयास र सहकार्य गरिने निश्कर्ष समेत रहेको थियो ।

 

हाल भारत भ्रमणमा रहेका चेम्बरका अध्यक्ष श्रेष्ठल नेपाल भारतबीच नविनतम प्रविधि तथा मेशिनरी आयातका साथै, द्धिपक्षिय व्यवसायिक प्रतिनिधि मण्डलको भ्रमण समय समयमा हुनु पर्ने, (टिपिसिआइ) संग पर्यटन, कृषि,जडिबुटीको उत्पादन देखि निकासी प्रवद्र्धन गर्नमा सहकार्य गर्न अध्यक्ष श्रेष्ठले पहल गरेका छन् ।

 

अध्यक्ष श्रेष्ठले भारतको कूल जनसंख्याको ०.०१ प्रतिशत मात्र पनि पर्यटक नेपाल भ्रमणमा आएमा नेपाल भ्रमण बर्ष २०२० को लक्ष पु¥याउन सहयोग पुग्ने बताउदै चेम्बरले २०२० फेब्रुअरीमा आयोजना गर्ने नेपाल चेम्बर एकस्पो २०२० मा टिपिसिआईको सहभागिताको लागी अनुरोध गरेका छन् ।

 

त्यस्तै, टिपिसिआईका अध्यक्ष मोहित सिङ्लाले नेपाल पहाडी मुलुक भएको र दुई मुलुक बीच आपसी हितका सम्भाव्य परियोजना लागु गर्न र वातावरण संरक्षणमा जोड दिन सकेमा व्यापार लगानीका अतिरिक्त पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए । यसले आफ्नो संस्थाले व्यापार र लगानी बढाउन सहजकर्ताको भूमिका खेल्ने उनको ठम्याई छ ।

बैंकिङ कसुरमा ५६ जनाविरुद्ध मुद्दा दायर, १८ करोड हिनामिना Read Previous

बैंकिङ कसुरमा ५६ जनाविरुद्ध मुद्दा दायर, १८ करोड हिनामिना

सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त Read Next

सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त