काठमाडौं । सुपर माइ हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २१ गतेदेखि आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका लागि जारी गरेको आइपीओ भर्ने म्याद आज (पुस १३ गते) अन्तिम हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका वासिन्दालाई प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ निष्काशन गरेको छ ।
सोमध्ये आयोजना अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका वडा नं. ५, २ र माइजोगमाइ गाउँपालिकाको वडा नं. ५ का स्थानीय बासिन्दाहरुको लागि २ कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाबासीका लागि ३ लाख कित्ता निष्काशन गरेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता सयरका लागि आवेदन दिन पाउने छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स पूकाशपथ, माछापुच्छ्रे बैंक चोकबजार, सानिमा बैंक भानुपथ र शितेली शाखा र सुपरमाइ हाइड्रोपावरको कार्यालय आरबोटेबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी माइनस रेटिङ’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।