बैंक अफ काठमाण्डूले ल्यायो मेसिनबाटै क्लियरिङका चेक जम्मा गर्न सक्ने सुविधा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले कियोस्क मेसिन मार्फत चेक जम्मा गर्नसकिने सेवाको सुरुआत गरेको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यले बैंकले अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ्ग चेकहरु मेसिा मार्फत जम्मा गर्नसक्ने व्यवस्था गरेको हो ।

यस नयाँ सेवा मार्फत ग्राहकले बिना कुनै झन्झट सजिलैसंग मेसिनमा चेक जम्मा गर्न सक्नेछन् । ग्राहकले भौतिक रुपमा कुनै भौचर नभरिकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङ्गका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ ।

ग्राहकलाई सहज बैंकिङ्ग प्रदान गर्नपर्छ भन्ने अभिप्रायले बैंकले ल्याएको यस सुबिधामा ग्राहकले चेक जम्मा गर्ने मेसिनमा जम्मा गर्नुपर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्न आउनु भएकाको सम्पर्क नम्बर तथा क्लियरिङ्ग सेसन लगायतका विवरणहरु राखे पश्चात् जम्मा गर्ने चेक स्क्यान गरी चेक जम्मा गर्न सक्नेछन् ।

उक्त चेक जम्मा भएपश्चात् ग्राहकले चेक जम्मा भएको प्रमाणिकरणको लागि मेसिनबाट जारी हुने भौचर प्राप्त गर्नेछन् । बैंकले उक्त सेवा हालको लागि आफ्नो मुख्य शाखा कार्यालय कमलादीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशभरका सम्पूर्ण शाखा कार्यालयहरुमा समेत विस्तार गर्ने योजना रहेको छ ।

कियोस्क मेसिन मार्फत क्लियरिङ्ग चेक जम्मा गर्ने सेवाले चेक जम्मा गर्नको लागि भौतिक रुपमा भौचर भरी बैंकको चेक जम्मा गर्ने काउन्टरमा लाइन बसी चेकहरु जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकलाई छुटकारा मिल्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

चाबहिल-साँखु सडकको ३ ठाउँमा नयाँ पुल बनाइँदै Read Previous

चाबहिल-साँखु सडकको ३ ठाउँमा नयाँ पुल बनाइँदै

सुपर माइ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

सुपर माइ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन