कुमारी र एनसीसी बैंकले आइतबारदेखि एकीकृत कारोबार गर्ने

काठमाडौं । कुमारी र नेपाल क्रेडीट एण्ड कमर्सियल बैंकले आगामी आइतबारदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिएपश्चात आगामी सातादेखि कुमारी बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन । बैंकले शनिबार मोबाइल बैंकिङ सेवा अबरुद्ध हुने पनि जनाएको छ ।

यी दुई बैंकले गत असोजमा दुई बैंकबीच सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १ः१ मा रहने सहमति गरेका थिए । दुवै गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड हुनेछ भने बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ । जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पूँजी ३७ अर्ब ६५ करोड हुनेछ ।

राष्ट्र बैंकले पुसभित्र एकीकृत कारोबार गरिसक्ने बैंक तथा वित्तीय संस्थाहरुलाई सहुलीयतको व्यवस्था गरेको छ । जसको कारण बैंकहरु पुसमसान्त भित्रै कारोबार गरिसक्ने प्रयास गरिरहेका छन् ।

यो संगै हाल वाणिज्य बैंकको संख्या २६ रहने भएको छ भने ८ वटा बैंकहरु अझै मर्जर प्रक्रियामै रहेका छन् ।

सूर्यविनायक-साँगा सडक विस्तारको ठेक्का लाग्यो, साँगामा २ किमी छुट्टै नयाँ सडक बनाइने Read Previous

सूर्यविनायक-साँगा सडक विस्तारको ठेक्का लाग्यो, साँगामा २ किमी छुट्टै नयाँ सडक बनाइने

व्यवसायीले भेटे नवनियुक्त प्रधानमन्त्री, अर्थतन्त्र पुनरूत्थान गर्ने आश्वासन Read Next

व्यवसायीले भेटे नवनियुक्त प्रधानमन्त्री, अर्थतन्त्र पुनरूत्थान गर्ने आश्वासन