काठमाडौं । धितोपत्र बोर्डले सनराइज बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले बैंकलाई असोज २९ गते सो ऋणपत्र जारी गर्ने अनुमति दिएको जनाएको छ ।
बैंकले ७ वर्ष भुक्तानी अवधिको प्रतिइकाई १ हजार रुपैयाँ दरले ३० लाख इकाई ऋणपत्र निष्काशन गर्नेछ ।बैंकले निष्काशन गर्ने कूल ऋणपत्रमध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गरिनेछ। बाँकी १८ लाख कित्ता ऋणपत्र संस्थागत/व्यक्ति तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।
यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत व्याजदर अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ।ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागी आवेदन गर्न सक्नेछन् ।
यस ऋणपत्रको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । केयर रेटिङ्ग नेपालले न्यून कर्जा जोखिम जनाउने केयर एनपी–ए रेटिङ्ग प्रदान गरेको छ।