काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । राधी विद्युत्, बिन्ध्यबासिनी हाइड्रोपावर, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक र लुम्बिनी विकास बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।
पाँचै कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस १३ गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।
राधी विद्युत्ले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।उक्त लाभांश पारित गर्न राधीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
त्यसैगरी, सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद गरी कुल १३.१६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।उक्त लाभांश पारित गर्न बैंकले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ९ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।।उक्त लाभांश पारित गर्न बैंकले पुस २६ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ ।
त्यसैगरी, नेपाल एसबीआई बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लभांश पारित गर्न बैंकले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
बिन्ध्यबासिनी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।उक्त लाभांश पारित गर्न कम्पनीले पुस २२ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ ।
पाँचैै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।