मनकामना केबलकार अनिश्चितकालका लागि बन्द

काठमाडौं । नेपालकै पहिलो मनकामना केबलकार अनिश्चितकालका लागि बन्द भएको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै केबलकारको प्यानलमा ठूलो क्षति पुगेकाले सेवा बन्द गरिएको जानकारी गराएको हो ।

कम्पनीका अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो । मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने भएकाले मर्मत नहुन्जेलका लागि सेवा बन्द हुने कम्पनीले जनाएको छ ।

अर्को सूचना जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले बताएको छ । ‘विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानल (Thyrestor panel) मा ठूलो क्षति पुग्न गएको कारण र निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक नै आउनुपर्ने भएकोले अर्को सूचान नभएसम्म केबलकार सेवा स्थगन रहने जानकारी गराउदँछौँ,’ कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ, ‘यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी गर्दछौँ । यथासक्दो चाँडो सेवा सुचारु गर्नेछौँ ।’

फेसियल हाउसले मनायो १५ औं वार्षिकोत्सव, ७७ जिल्लामै शाखा विस्तार गर्ने लक्ष्य Read Previous

फेसियल हाउसले मनायो १५ औं वार्षिकोत्सव, ७७ जिल्लामै शाखा विस्तार गर्ने लक्ष्य

लोमसकाे पारासिटामोल बेच्न रोक, बजारबाट फिर्ता गर्न निर्देशन Read Next

लोमसकाे पारासिटामोल बेच्न रोक, बजारबाट फिर्ता गर्न निर्देशन