फेसियल हाउसले मनायो १५ औं वार्षिकोत्सव, ७७ जिल्लामै शाखा विस्तार गर्ने लक्ष्य

काठमाडौं । फेसियल हाउसले स्थापनाको १५ औं वार्षिक उत्सव मनाएको छ। काठमाडौं मलको चौथों तल्लामा अवस्थित ‘फेसियल हाउस’कै कार्यकक्षमा आइतबार भव्यताका साथ वार्षिकोेत्सव कार्यक्रम मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष तथा नेपाल महिला चेम्वरकी अध्यक्ष उर्मिला श्रेष्ठ, विशेष अतिथि नेपाल सुन चादि तथा रत्न आभूषण संघका अध्यक्ष जोत्सना श्रेष्ठ , नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, राजनीतिक विष्लेषक प्रकाश रायमाझी लगायत कलाकार, पत्रकारहरूको उपस्थिती रहेको थियो ।

१५ वटा केक काटेर सेलिव्रेशन गरिएको वार्षिकोत्सवमा संचालक सुष्मा महराले आगामी दिनमा फेसियल हाउसलाई नेपालका ७७ वटै जिल्लामा बिस्तार गर्ने योजना समेत रहेको बताएकि छन् ।

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले सयौंको संख्यामा महिला दिदिबहिनीहरुलाई रोजगारी दिनु सामान्य कुरा नभएको बताउनुका साथै महिला चेम्बरले फेसियल हाउस सग सहकार्य गर्ने सक्नेबताएकि छन् ।

त्यस्तै, यो अवधिमा यस पार्लरको ब्राण्ड नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय जगतमा पनि लोकप्रिय बनिसकेको राष्ट्रिय उपभोक्ताा मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताएका छन् ।

उनले केही वर्ष अगाडि फेसियल हाउस बन्द नै गर्ने किसिमको प्रहार भएको स्मरण गर्दै सुष्मा महराको आत्मा विश्वासका कारण नै हामी अझ ठूलो फेसियल हाउसमा १५ औं वार्षिक उत्सव मनाइरहेको छौं ।’

राजनीतिक विश्लेषक प्रकाश रायमाझीले धमाधम मानिसहरु विदेश पलायन भैइरहेको बेला रोजगारीयुक्त व्यवसाय सञ्चालान गर्नु नै पौरखि हातहरु भएको र यस्तै पौरखी हातहरुको प्रयासले नै देश समृद्धतिर जाने बताए ।

सबै प्रकारका सौन्दर्य सेवा एकै ठाउँमा प्राप्त गर्न सकिने फेसियल हाउसमा गुणस्तरीय सौन्दर्य सामाग्री प्रसोधनगरी मात्र प्रयोग गरिने भएकाले सबै ग्राहकको पहिलो रोजाईमा पर्न सफल भएको हो ।

अनुभवी तथा दक्ष सौन्दर्यकर्मीबाट सेवा प्रदान गरिने ब्यूटिपार्लरका सेवाहरु सबै उत्कृष्ट नै छन् । अनुहार र कपालमा रहेका समस्यालाई फेसियल हाउसकी सञ्चालक वरिष्ठ सौंन्दर्यविद सुष्मा महरा आफैले स्कीन टेस्ट हेयर टेस्ट हेर्ने भएकाले पनि समस्या लिएर आउने ग्राहकहरुको भीड बढिरहेको छ ।

उनले आफ्नो त्वचाको स्याहार कसरी गर्ने भन्न सल्लाह सुझाव दिनुका साथै अचुक उपाय फेसियल हाउसमा गरिने हेयर स्ट्रेट र हेयर कलर पनि लामो समयसम्म टिक्ने सेवाग्राही बताउँछन् ।

प्रधान कार्यालय काठमाडौंको सुन्धारामा रहेको फेसियल हाउसले सिटिसी मल, चावहिल, पोखराको ट्रेड मल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीबाट आफ्नो सेवा दिइरहेको छ ।

ट्याटू रिमुुभर, लेजर मेसिन, हेयर, ब्यूटी र स्किन केयर मेसिन, स्किन टेष्ट, कृत्रिम परेला प्रत्यारोपण (आइलाइसिस एक्टेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअफ, पेयर सिन, डेडलक, हाईट्रा फेसियल जस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधिहरु फेसियल हाउसमा उपलब्ध छन् ।

रसुवागढी, सान्जेनसहित ६००  मेगावाट बिजुली जोड्ने प्रसारण लाइन निर्माण तीव्र Read Previous

रसुवागढी, सान्जेनसहित ६००  मेगावाट बिजुली जोड्ने प्रसारण लाइन निर्माण तीव्र

मनकामना केबलकार अनिश्चितकालका लागि बन्द Read Next

मनकामना केबलकार अनिश्चितकालका लागि बन्द