घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले सांग्रिला ऊर्जा प्रालिद्वारा प्रबद्र्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत् आयेजनामा कम्तीमा ५१ प्रतिशत सेयर कायम हुनेगरी लगानी गर्न १:२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

बैठकले हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिने र अनुमति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने निर्णय गरेको छ ।

साधरण सभाले पारित र आयोगको स्वीकृतिपछि कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिनेछ । बोर्डको अनुमतिपछि हकप्रद प्रक्रिया अघि बढ्ने छ ।

बजार खुल्ने बित्तकै सेयर बजारमा उछाल Read Previous

बजार खुल्ने बित्तकै सेयर बजारमा उछाल

प्रिमियर इन्स्योरेन्सको लाभांश परिमार्जन, बोनस बढ्यो नगद घट्यो Read Next

प्रिमियर इन्स्योरेन्सको लाभांश परिमार्जन, बोनस बढ्यो नगद घट्यो