प्रिमियर इन्स्योरेन्सको लाभांश परिमार्जन, बोनस बढ्यो नगद घट्यो

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको लाभांश परिमार्जन भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीको लाभांशदर परिमार्जन भएको हो ।

परिमार्जित लाभांश अनुसार अब कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने भएको छ ।

यसअघि कात्तिक २९ गते बसेको कम्पनी संचालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।

घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने Read Previous

घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

रसुवागढी, सान्जेनसहित ६००  मेगावाट बिजुली जोड्ने प्रसारण लाइन निर्माण तीव्र Read Next

रसुवागढी, सान्जेनसहित ६००  मेगावाट बिजुली जोड्ने प्रसारण लाइन निर्माण तीव्र