काठमाडौं । सेयर बजारमा उछाल आएको छ । लामो समयदेखि लगातार ओरालो लागेको सेयर बजार नयाँ सरकार बनेसँगै उछाल आएको छ ।
बजार खुलेको १० मिनेटमै नेप्से २८ अंकले बढेको छ । आइतबार पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोसँगै अब नयाँ अर्थमन्त्री आउने अपेक्षाका साथ लगानीकर्ताको मनोबल बढ्दा नेप्सले बिहानै छलाङ मारेको हो ।
नयाँ अर्थमन्त्रीमा विष्णु पौडेल र वर्षमान पुन मध्ये एकजना बन्ने सम्भावना रहेको बताइएको छ । पौडेललाई सेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा समेति चिनिन्छ । यसअघि दुई पटक नेप्सेले अल टाइम हाइ रेकर्ड बनाउँदा पौडेल नै अर्थमन्त्री थिए ।