साधना लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको पुस ७ गते बसेको बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

लघुवित्तले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा ६.३२ प्रतिशत बढी हो । लघुवित्तले सो आवमा २६.३२ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

 

सीवाइसी लघुवित्तको आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

सीवाइसी लघुवित्तको आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

सिन्धु विकास बैंकका सेयरधनीको हात रित्तै, यसवर्ष लाभांश नदिने Read Next

सिन्धु विकास बैंकका सेयरधनीको हात रित्तै, यसवर्ष लाभांश नदिने