काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । दिनभरमा १६ अंकको उतरचढाव भएको नेप्से अन्त्यमा १ अंकभन्दा कमले घटेर बन्द भएको हो ।
सूचकमा झिनो गिरावट आए पनि कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २५ करोडले बढेर १ अर्ब नाघेको छ ।
बिहीबार नेप्से ०.०१ अंकले घटेर १८६७.२१ विन्दुमा आइपुगेको छ । यसदिन २४७ कम्पनीको १ अर्ब ११ करोड रुपैयाँ बढीको ३१ लाख ११ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० को घटेको छ । होटल उपसमूह सबैभन्दा धेरै २.२८ प्रतिशतले घटेको छ ।
आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १५ करोडको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशियाको साढे ५ करोड र नबिल बैंक ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
झिनो अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । श्रृजनशील लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने धौलागिरि लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, आदर्श लघुवित्त र कालिका पावरको सेयर मूल्य ८ प्रतिशत, नेरुडे लघुवित्त र सयपत्री हाइड्रोपावरका सेयरधनीले ५ प्रतिशभन्दा धेरै कमाएका छन् ।