काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
लघुवित्त संचालक समितिको पुस ७ गते बिहान बसेको बैठकले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५ प्रतिशत नगद गरी कुल २३.१५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
लघुवित्तले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा ०.५४ प्रतिशत बढी हो । लघुवित्तले सो आवमा २२.६१ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।