मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको पुस ५गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

माइक्रोफाइनान्सले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा १.०५ प्रतिशत कम हो । सो आवमा लघुवित्तले २१.०५ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा Read Previous

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

कांग्रेस संसदीय दलको नेतामा देउवा फराकिलो मतान्तरले विजयी Read Next

कांग्रेस संसदीय दलको नेतामा देउवा फराकिलो मतान्तरले विजयी