एनआइसी एशियाका सेयरधनीको यस वर्ष पनि हात रित्तै, लाभांश नदिने

काठमाडौं । एनआइसी एशिया बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट पनि सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंक संचालक समितिको पुस ५ गते बिहान बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकले सेयरधनीलाई लाभांश् नदिएको यो लगातार दोस्रो वर्ष हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरे पनि नेपाल राष्ट्र बैंकले रोकेको थियो ।

यसअघि लक्ष्मी, सनराइज र माछापुच्छ्रे बैंकले पनि लाभांश वितरण नगर्ने निर्णय गरेका थिए ।

शुभम पावरको आइपीओ खुल्यो Read Previous

शुभम पावरको आइपीओ खुल्यो

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा Read Next

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा