शुभम पावरको आइपीओ खुल्यो

काठमाडौं । शुभम पावर लिमिटेडले आज (कार्यालय समय)देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक साधरण सेयर (आइपीओ)  विक्री खुला गर्ने भएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ५८ लाख ५ हजार ८०० रुपैयाँ बराबरको ५८ हजार ५८ कित्ता आइपीओ निष्काशन गरेको हो ।

लगानीकर्ताले उक्त आइपीओमा पुस २० गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी(आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका-९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’बाट २०६८ साउन १ देखि ९९० किलोवाट क्षमतामा व्यापारिक उत्पादन गरिरहेको छ ।

म्याद थपेपछि बुटवल-नारायणगढ सडक निर्माणले गति लिँदै, दैनिक १२०० कामदार परिचालन Read Previous

म्याद थपेपछि बुटवल-नारायणगढ सडक निर्माणले गति लिँदै, दैनिक १२०० कामदार परिचालन

एनआइसी एशियाका सेयरधनीको यस वर्ष पनि हात रित्तै, लाभांश नदिने Read Next

एनआइसी एशियाका सेयरधनीको यस वर्ष पनि हात रित्तै, लाभांश नदिने