नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा झिनो अंकको कमब्याक भएको छ । गत मंगलबारदेखि लगातार ओरालो लागेको नेप्से आज ३ अंकले बढेको हो ।

सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने गिरावट आएके छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २७ करोडले घटेर १ अर्बभन्दा कममा सीमित भएको छ ।

सोमबार नेप्से ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा पुगेको छ । यसदिन २५१ कम्पनीको ८८ करोड ८१ लाख रुपैयाँ बढीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहकाे घटेको छ । अन्य उपसमूह सबैभन्दा धेरै १.९५ प्रतिशतले बढेको छ ।

आज प्राइम कमर्सियल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स साढे ५ करोड र हिमालयन डिस्ट्रीलरी ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले बढेको बजारमा आज धौलागिरी लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, खप्तड लघुवित्त ६.०८, सीवाइसी नेपाल लघुवित्त ५.९८, नबिल ब्यालेन्स फण्ड २ को सेयर मूल्य ५.०९ प्रतिशतले बढेको छ ।

१०० प्रतिशत हकप्रद ल्याउन लागेको अपर तामाकोशीले पायो यस्तो रेटिङ Read Previous

१०० प्रतिशत हकप्रद ल्याउन लागेको अपर तामाकोशीले पायो यस्तो रेटिङ

प्राधिकरणले भारतलाई बेच्न छाड्यो बिजुली Read Next

प्राधिकरणले भारतलाई बेच्न छाड्यो बिजुली