१०० प्रतिशत हकप्रद ल्याउन लागेको अपर तामाकोशीले पायो यस्तो रेटिङ

काठमाडौं । शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको अपर तामाकोशी हाइड्रोपावर कम्पनीले रेटिङ सम्पन्न गराएको छ ।

हकप्रद सेयर जारी गर्न गराएको रेटिङमा कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर बीबी असाइन्ड’ रेटिङ दिएको हो । उक्त रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता मध्यम जोखिम रहेका जनाउँदछ ।

तामाकोशीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद निष्काशन गर्न लागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता सेयर जारी गर्ने भएको हो ।

कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि नागरिक लगानी कोषलाई विक्री प्रबन्धक र सनराइज क्यापिटललाई विक्री सह–प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

वर्षामा मेलम्चीको पानी ल्याउन जेठ अगावै स्थायी संरचना बनाइने Read Previous

वर्षामा मेलम्चीको पानी ल्याउन जेठ अगावै स्थायी संरचना बनाइने

नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी