नेप्सेमा उच्च अंकको गिरावट, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गत मंगलबारदेखि ओरालो लागेको नेप्से आज पनि उच्च अंकले घटेको हो ।

आइतबार नेप्से २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा आइपुगेको छ । यसदिन २५० कम्पनीको १ अर्ब १५ करोड रुपैयाँ बढीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स उपसमूह सबैभन्दा धेरै २.८८ प्रतिशतले घटेको छ ।

आज कृषि विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर र नबिल बैंकको ५/५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । पिपुल्स हाइड्रोपावर र रुरु जलविद्युत्को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

आँबुखैरेनीमा सडक भासियो, सयौं सवारीसाधन अलपत्र Read Previous

आँबुखैरेनीमा सडक भासियो, सयौं सवारीसाधन अलपत्र

नारायणीमा 'सिग्नेचर ब्रिज' बनाउन निर्माण व्यवसायीले देखाएनन् चासो, रिटेन्डर गरिँदै Read Next

नारायणीमा 'सिग्नेचर ब्रिज' बनाउन निर्माण व्यवसायीले देखाएनन् चासो, रिटेन्डर गरिँदै