काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायण बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा सम्बन्धी सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्ता, ग्राहक र बैंकका कर्मचारीहरुलाई क्यान्सर सेन्टरमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।
थ्रीडी सीआरटी, आइएमआरटी, भीम्याट सेवा लगायत अन्य सेवाहरुमा छुट दिने सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा अस्पतालको तर्फबाट अध्यक्ष अन्जनीकुमार झा र बैंकको तर्फबाट वाग्मती प्रदेश प्रमुख दीपेन्द्र बाबु विष्टले हस्ताक्षर गरे ।
सेञ्चुरी बैंकले हाल १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।