शिखर इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको मंसिर २९ गते बसेको बैठकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.८४ प्रतिशत नगद गरी कुल १६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र इन्स्योरेन्स आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

हाल २ अर्ब २८ करोड चुक्ता पूँजी रहेको शिखरको बोनस सेयर वितरणपछि चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

जगदुल्ला जलविद्युतको प्रसारण लाइन बनाउन सम्भाव्यता अध्ययन गर्न सुरू Read Previous

जगदुल्ला जलविद्युतको प्रसारण लाइन बनाउन सम्भाव्यता अध्ययन गर्न सुरू

धमाधम टेस्लाको सेयर बेच्दै एलन मस्क, यसै वर्ष चौथो पटक बेचे Read Next

धमाधम टेस्लाको सेयर बेच्दै एलन मस्क, यसै वर्ष चौथो पटक बेचे