नेप्सेमा दोहोरो अंकको गिरावट, दुई कम्पनीको मूल्यमा भने पाजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । मंलबारदेखि ओरालो लागेको नेप्से आज दोहोरो अंकले घटेको हो ।

सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४७ करोडले बढेर १ अर्ब नाघेको छ ।

बिहीबार नेप्से १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा आइपुगेको छ । यसदिन २५४ कम्पनीको १ अर्ब १९ करोड रुपैयाँ बढीको ४८ लाख ४ हजार २७९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिस्चक राताम्मे भएको छ । फाइनान्स उपसमूह सबैभन्दा धेरै १.४९ प्रतिशतले घटेको छ ।

आज एनसीसी बैंकको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको झन्डै २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट ९ करोड र सीवाइसी लघुवित्त ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । इस्टर्न हाइड्रोपावर र रुरु जलविद्युतका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन परिणामको प्रतिवेदन, नयाँ सरकार गठनको बाटो खुल्यो Read Previous

आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन परिणामको प्रतिवेदन, नयाँ सरकार गठनको बाटो खुल्यो

लगातार दोस्रो महिना बढ्यो डलर संचिति, एक महिनामै ढुकुटीमा थपियो १५ करोड डलर Read Next

लगातार दोस्रो महिना बढ्यो डलर संचिति, एक महिनामै ढुकुटीमा थपियो १५ करोड डलर