शिवम् सिमेन्टको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा १९ प्रतिशत घट्यो

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको मंसिर २८ गते बसेको बैठकले सेयरधनीलाई १०.५३ प्रतिशतका दरले हुन आउने ४६ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले घोषणा गरेको यो लाभांश अघिल्लो आव २०७७/७८ को तुलनामा १९ प्रतिशत कम हो । सो आवमा कम्पनीले २९ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते सातौं वार्षिक साधरण सभा बोलाएको छ ।

कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस २० गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

 

इन्डक्सन चुल्होको आयात बढ्दै, ग्यास खपत घट्दै Read Previous

इन्डक्सन चुल्होको आयात बढ्दै, ग्यास खपत घट्दै

एचआइडीसीएलले लाभांश प्रयोजनका लागि तोक्यो बुकक्लोज Read Next

एचआइडीसीएलले लाभांश प्रयोजनका लागि तोक्यो बुकक्लोज