काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको मंसिर २८ गते बसेको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत गरी कुल ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले घोषणा गरेको यो लाभांश अघिल्लो आव २०७७/७८ को तुलनामा ३.१६ प्रतिशत कम हो । सो आवमा कम्पनीले ८.४२ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २६ गते एघारौं वार्षिक साधरण सभा बोलाएको छ ।
कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस १४ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार पुस १३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।