वाणिज्य बैंकले चैतदेखि स्प्रेडदर घटाउनुपर्ने, यस्तो छ राष्ट्र बैंकको ८ बुँदे निर्देशन

काठमाडौं। वाणिज्य बैंकले बैंकहरुले आगामी चैतदेखि स्प्रेडदर (निक्षेपमा दिने र ऋणमा दिने ब्याजको अन्तर) ४.२ प्रतिशतमा झानुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार चालु वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामा घोषणा गरिएको व्यवस्था लागू गर्न एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा मार्फत वाणिज्य बैंकहरुको स्प्रेडडर ०.४ प्रतिशत घटाउने घोषणा गरेको थियो । राष्ट्र बैंकका अनुसार हाल ४.४ प्रतिशत रहेको वाणिज्य बैंकहरुको स्प्रेडदर चैतदेखि ४.२ प्रतिशत र २०८० असार मसान्तदेखि ४ प्रतिशतमा झानुपर्नेछ ।

त्यसैगरी, विकास बैंक र फाइनान्स कम्पनीहरुले चैतदेखि ४.८ प्रतिशत र असारबाट ४.६ प्रतिशतमा झार्नु पर्ने छ। अहिले विकास बैंक र फाइनान्स कम्पनीको स्प्रेडदर ५ प्रतिशत रहेको छ ।

यस्तै, बैंकहरुले २०८३ असार मसान्तसम्म तोकिएको क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा (रु. १ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) क्षेत्रमा कम्तीमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेछ ।

 

नेप्सेमा ९५ लाख कित्ता हकप्रद सेयर सूचीकृत Read Previous

नेप्सेमा ९५ लाख कित्ता हकप्रद सेयर सूचीकृत

सूचीकृत कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख लगायतकाे सेयर रोक्का गर्न निर्देशन Read Next

सूचीकृत कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख लगायतकाे सेयर रोक्का गर्न निर्देशन