नेप्सेमा ९५ लाख कित्ता हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा झन्डै साढे ९५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।बुधबार नेप्सेमा राधी विद्युत् कम्पनीको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत असोज ५ गतेदेखि २५ गतेसम्म चुक्ता पूँजीको १४७.५२ प्रतिशत अर्थात् ९५ करोड ३५ लाख ७० हजार ६०० रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद विक्रीमा ल्याएको थियो ।

नेप्सेमा सूचीकृत हकप्रद सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

म्याद सकिएको डेढ वर्षमा पनि बनेन काठमाडौं भ्यू टावर, अझै ३०% काम बाँकी Read Previous

म्याद सकिएको डेढ वर्षमा पनि बनेन काठमाडौं भ्यू टावर, अझै ३०% काम बाँकी

वाणिज्य बैंकले चैतदेखि स्प्रेडदर घटाउनुपर्ने, यस्तो छ राष्ट्र बैंकको ८ बुँदे निर्देशन Read Next

वाणिज्य बैंकले चैतदेखि स्प्रेडदर घटाउनुपर्ने, यस्तो छ राष्ट्र बैंकको ८ बुँदे निर्देशन