काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर बढ्नु स्वभाविक भएकाे बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)काे वार्षिक साधारण सभालाई सम्बाेधन गर्दै अधिकारीले यस्ताे बताएका हुन ।
काेभिड पछि अर्थतन्त्रमा देखापरेकाे असर र अन्तर्राष्ट्रिय युद्धका कारण सिर्जना भएकाे असन्तुलनले ब्याजदर वृद्धिकाे उपकरण प्रयाेग गर्नुपरेकाे उनले बताए ।
`अर्थतन्त्रमा अहिलेकाे समस्या नेपाल भित्रकाे मात्र नभएर रसिया युक्रेन युद्ध, काेभिडकाे असर र माैद्रिक प्रभावले यसकाे असर प्रत्येक व्यक्तिको भान्सामा परेकाे छ,´ उनले अघि भने, `ब्याजदर बढ्नु स्वभाविक हाे । त्यसलाई हामीले सहनुपर्छ । एक बिन्दुमा पुगेपछि घट्छ नै । अर्थतन्त्रमा सन्तुलन कायम गर्न अन्य देशका केन्द्रीय बैंकले पनि अपनाएकाे उपकरण यही हाे ।´
पछिल्लाे समय बजारमा तरलता केही सहज हुँदै गएकाे उनले बताए । अहिलेकाे समस्या भुक्तानी सन्तुलनकाे भएकाे उनले बताए । बजारलाई सुधार गर्न आवश्यक रहेकाले कठिन परिस्थितिमा नपनि नीतिगत कदम चाल्नु पर्ने आवश्यकता रहेकाे अधिकारीकाे भनाइ छ ।
`बजारलाई सहज बनाउँछाैं । तर, बजारमा भएकाे विकृतिलाई सुधार गर्नुपर्छ,´ उनले भने, `अप्ठ्यारो समयमा सुधार गर्नुपर्छ । हिजाे भएका विकृतिलाई चिर्नु आवश्यक छ ।´बजारमा हस्तक्षेप गरेर मात्र नहुने उनले बताए ।